नेपाली बजारमा पछिल्लो समय दिनहुँ सुनको मुल्य बढदै

११ फाल्गुन २०७६, आईतवार १३:१६

काठमाडौं , नेपाली बजारमा पछिल्लो समय दिनहुँ सुनको मुल्य बढदै गएको छ । यस्तै आज साताको पहिलो दिन सुनको मुल्य एकै दिन ७ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महाँसघका अनुसार आज सुन प्रतितोला ७८ हजार ८ सयमा कारोबार भइरहेको छ । गत शुक्रवार सुन ७८ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै तेजावी सुनको मुल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै,चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय २० रुपैयामा कारोबार भइरहेको छ ।