चट्याङ लागेर दुई घाइते

९ फाल्गुन २०७६, शुक्रबार १७:३२

दैलेख , दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन ।

चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डएसपी) हरिबहादुर वलीले बताए ।

यस्तै गुराँस गाउँपालिका– ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते भएकी हुन । उहाँलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।