
काठमाडौं , नेपाली बजारमा पुनः सुनको मुल्यमा नयाँ रेर्कड कायम भएको छ ।
बुधबारको तुलनामा पुन आज बिहीबार सुन प्रतितोला ५ सयले बढेर ७७ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।यस्तै तेजावी सुनको मुल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य १० रुपैयाले बढेर प्रतितोला ९ सय १५ रुपैयामा कारोबार भइरहेको जनाएको छ ।
