घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ

७ फाल्गुन २०७६, बुधबार १६:०१

बैतडी , जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयका सुचना अधिकारी टोपबहादु विष्टका अनुसार चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन ।
उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने विष्टले बताउनु भयो ।