
सौरभ अर्याल ,
काठमाडौं , त्रिचन्द्र क्याम्पस जसले आफैमा गौरवसालि इतिहास बोकेको क्याम्पस जहाँ नेपालका ७७ जिल्ला बाट नै विद्यार्थीहरु अध्ययन गर्न आउँछन्। त्रिचन्द्र क्याम्पसमा विद्यार्थीको चाप बढी नै हुने गर्दछ । त्यसमा पनि विभिन्न कारणहरु छन्। कक्षा कोठाको क्षमता भन्दा दोबर,तेब्बर विद्यार्थी राख्ने महिनौं सम्म त्रिबिका परिक्षाहरु यस क्याम्पसमा चलिरहनु,लाइब्रेरीमा प्रयाप्त मात्रामा पुस्तक नहुनु , समयमा कक्षा संचालन नहुनु, प्रशासनको ढिलोसुस्त्ती र मनोमानी हुनु , अनउत्तरदायी कर्मचारी,प्राध्यापक, आदि समस्या त यहाँका मुख्य समस्या नै हुन। तर रसायन शास्त्र जस्तो संबेदनसिल बिषयको प्रयोगशालामा विद्यार्थीहरुले प्रयोगात्मक कार्य गर्न निकै कठिन भइरहेको छ ।

रसायनशास्तको प्रयोगशाला जस्तो संबेदनसिल ठाउँमा डिपार्टमेन्टको र क्याम्पस प्रशासनको लापरबाहीले गर्दा यस्तो भइरहेको छ। न विद्यार्थीको चाप अनुसार ल्याबमा सामान नै छ न विद्यार्थीहरुको प्रयोगात्मक कार्य नै राम्रो सङ्ग गराइएको छ। यस्ता समस्या सबैजसो ल्याबमा देख्न सकिन्छ। गुणस्तरीय शिक्षा कहिले पाउने विद्यार्थीहरुले ? यस्ता बिसयमा ब्यवहारिक रुपमा आवाज उठाएपनी क्याम्पस प्रशासनले चासो दिइरहेको छैन । यस विषयलाई लियर हिजो मात्रै क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु,विद्यार्थी कल्याणकारी प्रमुख,प्रशासन प्रमुख,कर्मचारी संघसंगठनका पधाधिकारीहरुसङ्ग बसि छिटोभन्दा छिटो समस्याको समाधान गर्ने बाचा गर्नुभएको छ। हिजो छ्लफलमा उठेका कुरा छिटोभन्दा छिटो समाधान गरियोस् । नोटः यो समाचार स्ववियु सभापतिका दावेदार बिकाशजंग शाहीको सहयोगमा बनाइएको हो


