विप्लव नेकपाले भन्यो-‘भोलि नेपाल बन्द छैन, भ्रममा नपरौं’

६ फाल्गुन २०७६, मंगलवार १९:५४

काठमाण्डु -विप्लव नेकपाका नेताले भोलि पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा नगरिएको बताएका छन् । सर्वत्र भोलि नेपाल बन्दको हल्ला चलेपछि एक नेताले सो स्पष्टिकरण दिएका हुन् ।

उनले भने, ‘ विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी भने विभिन्न क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने योजना बनाएको छ ।’

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा पनि आजसम्म प्रचार प्रसार, ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।