यस्तो बन्दैछ लुम्बिनी प्रादेशिक अस्पताल

४ फाल्गुन २०७६, आईतवार १७:०८

बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ।  

छलफलमा प्रस्तुत प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ। १० तले भवन निर्माण हुने र त्यसमा सबै सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ। गुरुयोजनाको लागत ६ अर्बको हुनेछ। भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ।