गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यकक्षमा मदिरा पिउँदै

४ फाल्गुन २०७६, आईतवार १०:०८

 

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिएका थिए ।

नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो सार्वजनिक भएको छ। उनको सो कार्य मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर रहेकाले सर्वत्र विरोध भएको छ। उनका कतिपय आलोचकले उनलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेका छन्। (शिलापत्र)