नेपालीमा सिको जीवन र संघर्षको जीवनी

३ फाल्गुन २०७६, शनिबार १६:२९

काठमाडौं , चीनका राष्ट्रपति सी जिनपिङको जीवन र संघर्षको विषयमा केन्द्रित नेपालीमा आएको छ । सञ्चारकर्मी निर्भीकजंग रायमाझी र सागर चन्दले लेखेको ‘सी जिनपिङ, जीवन र संघर्ष’ नाम पुस्तक बजारमा आएको हो ।

पुस्तकमा राष्ट्रपति सिको बाल्यकालदेखि अहिलेसम्मको संघर्ष र आधुनिक चीनको राजनीतिक–सामाजिक विषयलाई प्रस्तुत गरिएको छ । विश्वकै शक्तिशाली नेतामध्येमा पर्ने सिको जीवन र चिनियाँ राजनीतिका बारेमा चासो राख्ने जोकोहीलाई पुस्तक उपयोगी हुने लेखकद्वयले बताए । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ रहेको छ ।(सौर्य अनलाइन)