
चितवन , पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आजदेखि खाना महोत्सव सुरु भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव भएको हो ।
महोत्सवमा ४० खानाका कक्ष रहेको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन गरिएको छ ।
