नेपालमा आँखाका बिरामी बढ्दै

१९ भाद्र २०७४, सोमबार ००:५४

काठमाडौँ । नेपालमो आँखाको बिरामीको सङ्ख्या बढेको पछिल्लो तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार नेपालमा कुल जनसंख्याको शून्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ ।

जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । विशेषतः बूढेसकाल, चिनी रोग, भिटामिन ए को कमी, जन्मजातलगायतका कारण आँखामा समस्या देखिने गरेको छ । अहिले देशभर रहेका २६ वटा आँखा अस्पतालमार्फत सेवा प्रवाह भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ ।