जब अस्पतालका १९ नर्सले पालैपालो बच्चा जन्माए

२४ माघ २०७६, शुक्रबार १०:५०


काठमाडौं , विश्वमा धेरै अनौठा घटनाहरु घटिरहेका हुन्छन् । धेरैजसो घटनाहरु अनौठो मात्र होइन सत्य पनि हुन्छन् । यस्तै अमेरिकाको नेब्रास्काको एक अस्पतालमा काम गर्ने १९ नर्सले सँगसँगै जसो बच्चा जन्माएका छन् । नेब्रास्काको ओमाहास्थित मेथोडिस्ट महिला अस्पतालमा एनआईसीयु काम गर्ने १९ नर्सहरु गएको बर्ष एकै पटक बच्चाम जन्माएका हुन् ।
एकै बर्षमा फरक महिनामा गर्भवती भएका ती नर्सहरुले पालैपालो बच्चा जन्माएका हुन् । उनीहरुमा ११ जनाले छोरी र ९ जनाले छोरा जन्माएका हुन् । सबै नर्सले बच्चा जन्माएपछि उनीहरु सँगै बसेर तस्वीर खिचेका छन् । उनीहरुले पालैपालो बच्चा जन्माएपछि अस्पतालमा पनि समस्या भएको थियो । क्यानडा नेपालबाट