चितुवा आक्रमणबाट एक बालिकाको ज्यान गयो

२४ माघ २०७६, शुक्रबार १०:२९


पोखरा, चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीका अनुसार बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको ज्यान गएको जानकारी दिए ।
छोरी खेलेर घर नफर्किएपछि दीपक र अप्सरा विकले साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताएका छन ।