एक्सनको धूमधडाकासँगै सार्वजनिक भयो बागी ३ को ट्रेलर

२३ माघ २०७६, बिहीबार १६:१९

बागी फिल्मको दुई इन्स्टलमेन्टबाट प्रशंसकहरूको मन जितेपछि अब मेकरहरूले बागी ३ फिल्म ल्याएका छन् । फिल्मको ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ ।

ट्रेलरमा एक्सन, फाइट, प्रेम र युद्धका अनेकौं मसला देखिन्छन् । टाइगरको लोभलाग्दो जिउडाल र एक्सन सीनहरू हेर्दा मज्जा आउँछ । श्रद्धा कपूरले देशी गालीहरू रिमिक्स गरिरहेको सुनिन्छ । सम्बन्धका लागि सीमा पार गर्ने कथाको संकेत ट्रेलरले दिन्छ । ट्रेलरमा टाइगरका एक्सन सीनहरूले दर्शकको रौं ठाडो बनाइदिन्छन् । भिलेनको रोलमा जमील खोरी विश्वसनीय लाग्छन् ।

फिल्म साजिद नाडियाडवाला प्रोडक्सनमा बनेको हो र अहमद खानले यसको निर्देशन गरेका हुन् । फागुन २३ गते फिल्म सार्वजनिक हुँदैछ ।(लोकान्तरबाट)