टिपरको ठक्करबाट एक बालकको मृत्यु

२३ माघ २०७६, बिहीबार १२:४०


दार्चुला, टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। गोकुलेश्वरबाट बलाँच तर्फ गईरहेको बा १३ च २०४१ नम्बरको टिपरले विद्यालय जाँदै गरेका महरलाई किचेको हो।स्थानीय सुरेश विष्टका अनुसार दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक बन्द गराएका छन। टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।