हुन्छन् फाइदै फाइदा नियमित स्याउ खाएमा

२३ माघ २०७६, बिहीबार १०:२२

हाम्रो शरिरलाई स्वस्थ र फिट राख्न फलफुल खानु निकै आवस्यक छ । फलफुलमा पनि स्याउ निकै उपयुक्त फल मानिन्छ । यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । यसको सेबनले रोगप्रतिरोधात्मक क्षमता बढाउछ ।

स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त मात्रामा पाइन्छ । स्याउमा प्रशस्त मात्रामा पानी र फाइबर हुन्छ । स्याउ कोलेस्ट्रोलका बिरामिका लागी निकै राम्रो मानिन्छ । स्याउको सेबनले उच्च रक्तचाप घट्छ ।

दैनिक स्याउको सेबन गरेमा स्मरणशक्ति तेजिलो बनाउछ । यसको सेबनले मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यसको सेबनले हाडलाई बलियो बनाउछ । स्याउको सेवनले मधुमेह हुनबाट बचाउछ । यसको नियमित सेबन गर्ने गरेका मानसिक रोग हटाउँछ । स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्ने क्षमता राख्छ र शरिरलाई स्वस्थ राखिरहन्छ । (क्यानाडानेपालबाट)