
काठमाडौँ , कलंकीमा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी रहेका छन ।
कलंकी चोकमा रहेको अन्डरपासमा नम्बर नखुलेको टिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो । मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ठक्कर दिने टिपर र चालकको खोजी भइरहेको छ ।
