सूरज पन्चोलीले हवा सिंहको लागि वजन बढाउन यस्ता खानेकुरा खान्छन्

२२ माघ २०७६, बुधबार १४:५४

एजेन्सी —अभिनेता सूरज पन्चोलीको नयाँ फिल्म हवा सिंहमा फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुकमा सूरज पन्चोली बक्सिङ खेलाडी देखिएका छन् । उनले ठुलो गीलासमा पानी पिइरहेका छन् ।

फिल्म हवा सिंह भारतीय बक्सर हवा सिंहको जीवनीमा आधारित रहने बताइएको छ । प्रकाश नम्बियारले निर्देशन गरेको यस फिल्मको सुटिङ हालै शुरु भएको छ । फिल्मलाई कमलेश सिंह, कुशवाहा र साम एस फर्नांडीसले निर्माण गर्दैछन् ।
फिल्मको लागी पन्चोलीले आफ्नो शरिरको वजन १० किलो बढाएका छन् । उनले यस फिल्मको लागी बक्सिङको ट्रेनिङ लिने गरेको साथै प्रत्येक दिन १६ वटा अन्डा, डेढ किलोसम्म दूध र नरिवलको पानी पिउने गरेको भारतीय मिडियाले जनाएका छन् । (क्यानडा नेपालवाट )