फर्सी खानाले क्यान्सर, मधुमेह र मुटु रोगबाट बच्न सकिन्छ्

२२ माघ २०७६, बुधबार १२:०५

काठमाडौं —हाम्रो करेसाबारीमा सजिलै पाइने तरकारी हो फर्सी । ९० प्रतिशत पानी पाइने फर्सीको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । यसलाई फलको रुपमा पनि लिइन्छ । फर्सीको सेबन हृदयरोगी लागि निकै उपयोगी मानिन्छ ।

यसको सेबनले चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यसैले मधुमेहका रोगीलाई फर्सी खानु निकै राम्रो हुनछ । यसको सेबनले पेटको गडबडी पनि ठिक गर्छ । फर्सीको सेबनले कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ ।

त्यस्त फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले स्मरणशक्तिमा वृद्धि गर्नुको साथै हाडलाई पनि बलियो बनाउछ । यसमा पाइने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावना कम गर्छ । त्यस्तै यसको सेबनले मुटु रोगीका लागी पनि फाइदाजनक मानिन्छ ।(क्यानाडानेपालबाट)