झाडापखालाका कारण दैनिक ५० जना बिरामी

२१ माघ २०७६, मंगलवार १४:१६


डोल्पा , डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखिएको छ । आर्थिक अवस्था कमजोर भएका र वृद्धवृद्धा मात्र बस्ने उपल्लो डोल्पामा चिसोका कारण झाडापखालाको समस्या देखिएको हो ।
झाडापखालाका कारण दैनिक ५० जना भन्दाबढी स्थानीयबासी बिरामी हुने गरेको पाइएको छ । डोल्पोबुद्ध गाउँपालिका–३ का वडा सदस्य लाप्कातेण्डुप लामाका अनुसार हालसम्म परम्परागत रुपमा मात्र बिरामीको उपचार गरिँदै आइएको छ । उहाँले स्वास्थ्यकर्मी पठाउन र उपचारको लागि पहल गरिदिन सम्बन्धित निकायसँग आग्रहसमेत गर्नुभएको छ ।