
सर्लाही , बुधवार विहान ४ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर–१२ डाँका चोकमा बस पल्टिदा तीन जना यात्रु घाइते भएका छन्।
रुपन्देहीको भैरहवाबाट विरानगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ पल्टिँदा बसमा सवार भारत सुबोल जिल्लाका २२ वर्षका नितेश यादव, विराटनगरका २४ वर्षीय ज्योति लिम्बु र सिरहा गढिमाइ नगरपालिका १३ निवासी २४ वर्षका राम सुबो यादव घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि महोतरीको बर्दिवास पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
