एड्सले मान्छेको मात्र हैन बिरालोको पनि लियो ज्यान

१४ माघ २०७६, मंगलवार १५:५४


एजेन्सी, अहिलेसम्म हामीले मानिसमात्र एड्सका कारण मृत्यु भएको खबर सुनेका थियौँ । तर, ब्रिटेनमा यतिबेला बिरालो पनि एड्सको सिकार भएको र एड्सकै कारण उक्त बिरालोको मृत्यु भएको खबर आएको छ। समाचार संस्था द मेट्रोकाअनुसार बिरालो १२ वर्षको रहेको र वेस्ट मिडल्याण्डको शहरको ग्रेट बियरको सडकमा हिड्ने गर्थ्यो।
गत वर्ष नोभेम्बरमा बिरालोको गम्भीर अवस्था देखेर सडकबाट उठाएर पशु अस्पतालमा पु¥याइएको थियो। उपचारको क्रममा बिरालोलाई एड्स भएको पुष्टि भयो । बिरालोलाई एड्स भएको खबर जब सामाजिक संजालमा भाइरल भयो । बिरालोलाई बचाउन अभियान्ताद्वारा सहयोगको अपिल पनि गरेका थिए।
बिरालोलाई बचाउन १० हजार पाउन्डसमेत जम्मा भएको सामाजिक अभियान्ताहरुले जनाएका छन्। रकम संकलन भएपछि उक्त बिरालोको उपचार गर्न शुरु गरिए पनि बचाउन भने नसकिएको बताइएको छ । वेस्ट मिडल्याण्डका जनावर रेस्क्यु गर्ने एक टिमका सदस्य रूसी सुदरल्याण्डकाअनुसार बिरालोलाई बचाउन चिकित्सकहरुले कडा परिश्रम गरेका थिए ।