नियमित किसमिसको सेबनले स्मरण शक्ति बढाउछ

१४ माघ २०७६, मंगलवार ११:०६

काठमाडौँ – अंगुरलाई सुकाएर बनाइएको ड्राइफुड हो किसमिस । खाँदा निकै मिठो हुने किसमिस हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । आइरन, पोटासियम ,क्याल्सियम , भिटामिन ’ए’, म्याग्नेसियम र फाईबर जस्ता तत्वहरु प्रशस्त पाइने किसमिसले बिभिन्न रोगसँग लड्ने क्षमता राख्छ ।

यसको नियमित सेवन गर्ने गरेमा शरिरमा रगतको कमी हुन दिदैन । यसको सेबनले पाचन क्रियालाई पनि राम्रो बनाउछ । विहान खाली पेटमा भिजाएको किसमिसको पानी पिएमा अपच वा कब्जियत समस्या कम हुन्छ । यसको नियमित सेबनले स्मरण शक्ति बढाउछ ।

यसको सेबनले हड्डी पनि बलियो बनाउछ । यसको सेबनले रक्तचाप र मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचिन्छ । यसको नियमित सेबन गरेमा तौल पनि बढ्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले आखाँको ज्योती बढाउँन सहयोग गर्छ । मुख गन्हाउने समस्या छ भने पनि यसको सेबनले मुखमा सुगन्ध ल्याउछ । यसको सेबनले रुघाखोकी तथा घाँटीको संक्रमणबाट जोगाउँछ ।(क्यानाडानेपाल डेस्क)