गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित

१३ माघ २०७६, सोमबार ११:१६

काठमाडौं, प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग लागेकी गायिका आस्था राउत परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी छन् ।

सोमबार बिहान गायिका राउत परिवारका सदस्यसहित महानगरीय प्रहरी परिषर काठमाडौँ, टेकुमा उपस्थित भएकी हुन् । गायिका राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरी रमिशा श्रेष्ठलेजाहेरी दिएकी थिइन् । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।