चलचित्र तेजसमा एयरफोर्स पायलट बन्ने तयारीमा कंगना

१२ माघ २०७६, आईतवार १०:०४

एजेन्सि , बलिउड नायिका कंगना रनावत अब एक चलचित्रमा एयरफोर्स पायलट बन्ने तयारीमा लागेकी छिन । कंगनाले अभिनय गर्न लागेको चलचित्रको नाम ‘तेजस’ हो । कंगनाले चलचित्रको बिषयमा बलिउड मिडियासँग भनेकी छिन्–‘म यो भूमिका निर्वाहा गर्न पाउँदा निकै नै उत्साहित छु । मेरो सधै नै एउटा चाहना थियो कि, पर्दामा म एक आर्मी अफिसर्सको भूमिकामा काम गर्न सकुँ । म बच्चादेखि नै आर्मी फोर्सप्रति आकर्षित थिएँ ।
कंगनाले चलचित्रको छायांकन अगाडि आफूले थुपै तालिम पनि लिने बताएकी छिन् । उनका अनुसार, जुलाई महिनाबाट चलचित्रको छायांकन सुरु हुनेछ ।