
काठमाडौँ , गायक कमल भूसालको ‘गाइलाई चराउँदै’ गीतको भिडियो बजारमा आएको छ ।
गीतको शब्दमा मिठासपन छ, त्यो भन्दा पनि भिडियोमा आफ्नै गाउँ बस्तीको यथार्थलाई छर्लङ्ग पारिएको छ । गीतमा गायक भूसाल र गायिका कृष्णा परियारको आवाज रहेको छ । उक्त गीत गायक भूसालको आफ्नै शब्द संगतिमा तयार भएको हो ।
त्यस्तै भिडियोमा गायक कमल भूसाल, साया भण्डारी, सरु विष्ट, रुपा भूसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भूसाल, चेत बहादुर सेन, मित्र घर्ती, शिवहरी अर्याल, अर्जुन, मुकुन्दप्रसाद रेग्मी, लेखनाथ भूसाल, प्रेम भूसाल, निर्मला भूसाल, सन्देश भूसाल, कुसुम थापा, मिसकल भूसाल, प्रमिसा अर्याल, टुइटर भूसाल लगायतको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन शिवान पोख्रेलले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन गिरिराज भूसालले गरेका छन् ।
