जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ,एक जना घाइते

८ माघ २०७६, बुधबार १५:०९

हेटौँडा , मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, नवलपुरमा बुधबार जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको ना ४२ प ४९१४ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१९ का २१ वर्षीय सुनिल स्याङ्तान र पछाडि सवार मकवानपुर ज्यामिरेका १८ वर्षीय साजन भोलन घाइते भएका थिए ।

घाइते भएका चालक स्याङ्तानको उपचारको क्रममा हेटौंडा अस्पतालमा बुधबार राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका साजनको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।