
जुम्ला, ट्रयाक्टर दुर्घटना हुँदा पातारासी गाउँपालि–२ बाँतामा एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मुत्यु हुनेमा बाँताका सात वर्षीय सुदीप बुढा रहेका छन्।
सोमबार साँझ भएको दुर्घटनामा १० वर्षीय कमल बुढा, पातारासी, हीराबहादुर महतारा र पेरेगाउँका ट्रयाक्टर चालक विजय कामी घाइते छन्। उनीहरुमध्ये बुढा र कामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनु भयो ।
घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। सोमबार साँझ बाँतागाउँबाट मकै बोकेर जुम्ला बजारतर्फ आउँदै गरेको भे १ त ७३ ८५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो।
