आज ४ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्दै

६ माघ २०७६, सोमबार १४:३५

काठमाडौँ , प्रतिनिधिसभाको बैठक आजै दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको पहिलो बैठकले बैठकको कार्यसूचीमा रहेका कार्यक्रम हटाएको थियो ।
उपसभामुखका हैसियतबाट औपचारिक रुपमा बिदा लिँदै दिउँसो ४ बजे अर्को बैठक बस्ने गरी पहिलो बैठक अन्त्य गर्नु भएको हो ।

४ बजे बस्ने बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभामा जेठो सदस्यका रुपमा रहनु भएका महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।