विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्कियो

६ माघ २०७६, सोमबार ११:२९

काठमाडौं , त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज सोमबार बिहान यति एयरलाइन्ससँग ठोक्किएको छ ।

विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको बताइएको छ ।