
काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत हुनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।
