
काठमाण्डौ , मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौसहित केही ठाउँमा लागेको कुहिरो दिउँसोपछि हटेर घाम लाग्ने छ ।
केही दिनदेखि वर्षा र हिमपात गराएको मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनु भयो ।
उच्च पहाडी र हिमाली भेगमा भने सामान्य खालको बादल लाग्ने सम्भावना छ तर पानी वा हिउँ पर्ने सम्भावना भने नभएको उहाँले बताउनु भयो ।
आइतबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
