
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिले भोली पुष २८ गते प्रदेश नम्बर ३ बन्दको घोषणा गरेको छ ।
प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राख्ने निर्णय कुनैपनि हालतमा मान्य नहुने भन्दै पार्टीले निर्णयका विरुद्धमा कडा संघर्ष गर्ने कार्यक्रम घोषणा गरेको हो ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समितिले प्रदेश नम्बर ३ को प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरुद्धमा यही पुष २८ गते प्रदेश नम्बर ३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखानासहित नेवा–ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
त्यस्तै, देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा–ताम्सालिङका शत्रुहरुलाई व्यापक जनकारबाही गर्ने र संयुक्त सडक आन्दोलन गर्ने कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ ।
