आफ्नै भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

२५ पुष २०७६, शुक्रबार १३:२१

बागलुङ , बागलुङको तमान खोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर घाइते भएका ४७ वर्षीय ओमबहादुर घर्तीको मृत्यु भएको छ।उनलाई उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ४७ वर्षीय ओमबहादुर घर्ती तमानखोला गाउँपालिका–१ बोंगादोभानका निवासी हुन । घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लागेर घाइते भएको स्थानीयको भनाइ छ। उनको बाँया हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो। घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ।