लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलायो

२३ पुष २०७६, बुधबार १२:३०

काठमाडौं , लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ ।

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने उल्लेख छ ।

आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म र दोब्बर दस्तुर तिरेर माघ २१ भित्र आवेदन दिन सक्नेछन् ।