
काठमाडौ , मानिसले यौन सम्पर्क राख्नु केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क राख्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।
टाउको दुख्नेः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित यौन सम्पर्क फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम यौन सम्पर्क गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।
ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित शारिरीक सुखभोग फाइदाजनक रहेको अध्ययनले देखाएको छ। नियमित शारिरीक सुखभोग गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।
प्रोस्टेट क्यान्सरः नियमित यौन सम्पर्क गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित यौन सम्पर्क राख्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।
मोटोपनः मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित यौन सम्पर्क राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित शारिरीक सुखभोग मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।
हृदयघातबाट कम खतराः नियमित यौन सम्पक गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित यौन सम्पर्क गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् । (क्यानाडा नेपालबाट)
