कृषि विकास बैंकबाट ह्याकिङ गरेर लुटिएको एक करोड रुपैयाँसहित फरार अभियुक्त पक्राउ

२० पुष २०७६, आईतवार १४:१४

काठमाण्डौ , गएको असोज ८ गते कृषि विकास बैंकको सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर लुटेको एक करोड रुपैयाँसहित फरार रहेका दिपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

फरार अभियुक्त नेपाललाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाण्डौ जिल्ला अदालतमा पठाएको छ।

मोरङ जिल्ला, रंगेली नगरपालिका २ घर भएका ४३ वर्षीय नेपालको गएको असोज ८ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्ब रुपैयाँ ठगी गरेर लैजाने योजनामा काम गरेका नाइजेरियन र भारतीय नागरिकहरुले प्रयोग गरेका नेपालीहरुमध्ये एक रहेका पाइएको छ ।