
काठमाडौं , गायक तेजिन्द्र गन्धर्बको नयाँ गीत ‘ऐसेलु पाके मेरो भाग्य‘।’ सार्वजनिक भएको छ । ‘स्टुडियो किङ’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा तेजिन्द्र गन्धर्ब र किशु गुरुङको स्वर रहेको छ, भने बिमल खेवाछाली सुलभको रचना रहेको छ । मनोज साङ्सोन राई सङ्गीत तथा सङ्गीत संयोजन गरेको सो गीतको रेकर्डिस्ट सुरेश राई रहेका छन ।
राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ्ग गरेको सो गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो । गीतको भिडियो भने, विनोद विनिर्जरा राईले बनाएका हुन ।
