
काठमाडौँ , वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यलाई भारतमा सम्मान गरिने भएको छ । संगीत क्षेत्रमा रहेर नेपालमा निकै ख्याती कमाउनु भएका राजोपाध्यलाई भारतको राजस्थानमा जनवरी २१ मा सम्मान गरिने छ ।
एन आर ब फाउण्डेशन एवं भब्या इन्टरनेशनलले अन्तराष्ट्रिय मैत्री सम्मेलन मार्फत राजोपाध्यको योग्दानलाई कदर गर्दै सम्मान गर्न लागेको हो । राजोपाध्यले संगीत क्षेत्रमा नेपालमा मात्र होइन भारतमा समेत ख्याती कमाउनु भएको छ ।
