आगो ताप्ने क्रममा एकजनाको मृत्यु

१६ पुष २०७६, बुधबार १६:१२

पर्सा , आगो ताप्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने जिराभवानी गाउँपालिका १ भवानीपुरकी २६ वर्षीय शान्ति देवी रहेकी छन्। मंसिर ३० गतेबाट मध्य तराईमा बढेको अत्याधिक चिसोमा आगो ताप्ने क्रममा शान्ति देवीको कपडाबाट आगो सल्किँदा जलेर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो ।