
काठमाडौँ , कलाकारितामा रुची राख्दै होमिएका राजाराम कोइराला म्युजिक भिडियोको मोडलिङमा जमेका छन् । केही समय अघिदेखि फ्याट्टफुट्ट मात्रै भिडियोमा देखिएका कोइराला पछिल्लो समय मुख्य भूमिकामै देखिएका छन् । उनि भर्खरै सार्वजनिक लोकदोहोरी ‘सुनेको छु तिम्रो बारेमा’ नामक गीतको भिडियोमा जमेका हुन् ।
मोडल कोइरालासँगै अन्य कलाकारहरु रेणुका खनाल, महेन्द्र, जानुका खनाल, दिपेश ढकाल, सुजाता भट्टराईलगायत कलाकारले अभिनय गरेका छन् । त्यस्तै राजेन्द्र भण्डारीको निर्देशन रहेको भिडियो सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ ।
राजेन्द्र कार्की, रामशरण ढकाल र हरिमाया स्याङ्तानले संयुक्तरुपमा आवाज दिएको उक्त गीत रविन्द्र ढकाल र रामशरण ढकालको शब्द रहेको छ भने राजेश ढकालले संगीत भरेका छन् । राजेन्द्र भण्डारीको थेगो रहेको गीत महेश पुनले संगीत संयोजन गरेका हुन् ।
मेनुका डिजिटलको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । त्यस्तै गीतको शब्दमा माया प्रेमका बिषयलाई उठाएको गीत निर्माण पक्षले जनाएका छन् । कलाकारितामै भविष्य खोजेर होमिएको बताउँदै मोडल कोइरालाले भिडियोमा अभिनयसँगै अन्य पाटोलाई पनि अघि बढाउने बताए । (सौर्य अनलाइन)
