आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गयो

१४ पुष २०७६, सोमबार १४:२७


बारा , आगो ताप्ने क्रममा प्रसौनी गाउपालिकामा वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको जलेर ज्यान गएको छ। घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए।
घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटोमै ज्यान गएको हो। पछिल्लो दुई सातादेखि बढेको अत्याधिक चिसो र शीतलहरका कारण बाराका दलित र मुसहर वस्तीका स्थानीयहरु बढी प्रभावित भएका छन्। चिसो र शीतलहरका कारण प्रभावितहरुका लागि न्यानो कपडा र वन समितिहरुलाई दाउरा वितरण गर्न आग्रह गरेको बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।