सैनिक परेडमा मिसाइल आक्रमणः ५ को मृत्यु ,९ घाइते

१४ पुष २०७६, सोमबार १२:४२


यमन , दक्षिण क्षेम सैनिक परेडलाई लक्षित गरेर मिसाइल आक्रमण भएको छ । आक्रमणमा ५ सैनिकको ज्यान गएको छ भने ९ सैनिक घाइते भएका छन् ।
यमनको अल–थलेया बजारमा सुरक्षा निकायमा भर्ति भएकाहरुको दीक्षान्त समारोह भइरहेको बेला मिसाइल आक्रमण भएको हो ।
परेडमा भएको आक्रमणका लागि हुथी विद्रोही जिम्मेवार रहेको सरकारी अधिकारीको आरोप छ । हुथी विद्रोहीले भने अहिलेसम्म केही बताएको छैन ।