
मोरङ , बेलबारी नगरपालिका–५ कसेनी रामपुरबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का ५० वर्षीय नरेश चौलागाईँ, विराटनगर महानगरपालिका–८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका–३ का सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जिवी धिताल रहेका छन् ।
उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्प्लेट २ हजार १ सय थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
