विप्लव समूहका कार्यकर्ता काठमाडौंबाट पक्राउ

१३ पुष २०७६, आईतवार १४:२१

काठमाडौं , नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार दिउँसो भृकुटीमण्डस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।

विप्लव समूहले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागेको थियो । पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।