
विराटनगर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इन्चार्ज उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । शनिबार सुनसरीको बरोलाबाट सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नेकपाका महत्त्वपूर्ण आन्तरिक कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
