जिग्री – पाँडेद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग

११ पुष २०७६, शुक्रबार १५:५७

काठमाडौं , गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् ।

जिग्री ,पाँडेले एपी वान टेलिभिजनबाट प्रसारण भएको को बन्छ करोडपति मा जितेको ८० हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका हुन् ।

अर्जुन घिमिरेले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन् जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले एपिवान टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौं,राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान !