यी रोगबाट छुटकारा पाउन खानुहोस् रायोको साग, हुन्छ यस्तो फाइदै फाइदा

१० पुष २०७६, बिहीबार १४:२९

काठमाडौं , जाडोको समयमा घरघरमा सजिलै पाइने तरकारी हो रायोको साग । प्रशस्त मात्रामा भिटामिन पाइने रायोको सागको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । रायोका सागको फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा रायो फलाएको धेरै ठाउमा देख्नपाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।यसको सेबन गर्नाले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्या समाधान गर्छ ।

सागमा पाइने म्याग्नेसियम र फोलेट तत्वले शरीरमा जम्मा भएका विकारलाई बाहिर फ्याक्छ । त्यस्तै सागमा भिटामिन के पाइने हुनाले महिलालाई यसको सेबनले महिनावारीका बेला जीउ दुख्ने समस्या कम हुन्छ । यसमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्नबाट जोगाउछ । सागले दिमागको सम्झने क्षमता पनि बढाउछ । यसमा पाइने भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन समस्याबाट जोगाउछ । साग सेबन बाथका रोगीका लागी राम्रो मानिन्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी छ ।

गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तरल्ले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।