
काठमान्डौ, नेपाल सरकारका पूर्व सचिव एबम वाणिज्यविद् पुरुशोत्तम ओझा, जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख अर्थशास्त्री भोजराज ओझा, र निजामती सेवामा कार्यरत लेखाअधिकृत शुरेश राज ओझालाई मातृ शोक परेको छ । ओझात्रयकी माता मधुमाया ओझाको ९९ बर्षको उमेरमा गत पौष ०५ गते शनिवार काठमाडौंमा निधन भएको हो । उनको पार्थिव शरिरलाई शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ओझाका चार बुहारी, ५ नाती र ३ नातिनी छन् । ९९ बर्सिया ओझा साक्षर थिईन । उनले महिलाहरु चुलो चौकामा मात्र सिमित भैरहेको त्यो समयमा श्रीमान कालिदास ओझाबाट घरमा नै बसी अनौपचारिक शिक्षा हासिल गरेकी थिईन् ।सामान्य लेखपढ गर्न जान्ने ओझाले २ , ३ बर्ष अघिसम्म पनि बिना चश्मा गीता पाठ गर्ने क्षमता राख्थिन ।
ुहजुर आमाको निधनबाट सिंगो परिवार स्तब्ध बनेको छ, एउटा असल अभिवावक गुमाउदा हामी सबै मर्माहत भएका छौु नातीत्रय डा अनिल राज ओझा, सरोज ओझा र मेल्सम ओझाले एकै स्वरमा भने ।
ओझा तनहुँ स्थित व्यास नगरपालिका ५ साँगेकी स्थाई बासिन्दा थिईन् । राणाकालमा महिलाहरु चुलो चौकोमा मात्र सिमित भैरहेको त्यो समयकालमा पनि उनले अक्षर चिन्ने अवसर पाएकी थिईन् । तत समयमा ग्रामिण भेगका महिलाहरुका लागि सामान्य शिक्षा लिन पनि अशम्भवप्राय थियो
