राष्ट्रनिर्मातालाई बिर्सन खोज्नुले नै देश संकट र जर्जर अवस्थामाः शर्मा

९ पुष २०७६, बुधबार ११:१२

काठमाडौं , नेपाल संरक्षण अभियानले पुष २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिनु पर्ने माग गरेको छ । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले आयोखवर संग कुरा गदै पुष २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवस घोषणा गरेर सार्वजनिक विदा दिन सरकार संग माग गर्नु भएको हो । उहाँले नेपाललाई ४ वर्ण ३६ जातको साझा फुलवारी र एकताको माला उनेर एकिकरण महाअभियान चालेका राष्ट्र निर्मातालाई बिर्सन खोज्नुले देश संकट र जर्जर अवस्थामा पुगेको बताउनु भयो । देशमा एकता कायम गर्नका लागी पुष २७ गते पृथ्वी जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाइनु पर्ने शर्माको ठहर छ ।